परियोजनाको “पगरी” र कपन डुबानको “दर्द”

परियोजनाको “पगरी” र कपन डुबानको “दर्द”

कपन अनलाइन

काठमाण्डौ ,जेठ ३२।

मध्ये वर्षात शुरु हुनभन्दा अगाडी केहि दिन परेको पानीले कपन क्षेत्रमा डुवानको दुख बल्झिएको छ। जेठ ३० र ३१ गते परेको पानीले यज्ञमति खोला (हाल ढलमा थुनिएको ) र रुद्रमती (धोवीखोला ) को मिश्रण हुने स्थानमा सडकलाई ध्वस्त बनाएको छ।

चुनावी प्रचार सामाग्रीमा सम्भवत सबैभन्दा धेरै स्थान पाएको धोवीखोला कोरिडोरको सडक (जुन बुढानिलकण्ठ नगरपालिकाको शुरुवाती बिन्दु हो भने काठमाण्डौ महानगरपालिकाको सिमाना समाप्त हुने स्थान) मा बाढीका कारण भएको खाल्डोमा सवारी साधन खस्ने खाडल परेका छन भने अन्य स्थानमा पनि धेरै जोखिमयुक्त ठाउँहरु रहेका छन।

करोडौ बजेट स्वाहा बनाएर जस्ताको तस्तै रहेको यज्ञमति खोलाको बाढीले यस वर्ष पनि वा भनौ अवका केहि वर्ष कपन वासीलाई निकै सास्ती दिने देखिन्छ। चुनावको मुखैमा कपन डुवान समस्या समाधानका लागि भन्दै परियोजनाको प्रचार जोडतोडले भएपनि हाल केहि स्थानमा बक्स कल्भर्ट निर्माणका लागि काम भएपनि दिर्घकालिन समाधानको उपायका वारेमा छलफल भएको छैन।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र ७ तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ का जनताहरुलाई वर्षौ देखि प्रत्यक्ष पिडित बनाएको डुवानले यस पटक पनि निकै ठुलो वितन्डा मच्चाउने संकेत देखिएको छ।

साततले देखि आनी गुम्बा सम्म तिन स्थानमा निर्माणको काम सुस्त गतिमा सुचारु रहेको अवस्थामा यस पटक पानि निकास हुन् निकै कठिन हुने देखिन्छ भने निर्माणाधीन क्षेत्रका जनताले थप डुवानको दर्द झेल्नुपर्ने देखिन्छ।

जुन बाटोबाट यज्ञमति खोला बग्छ सो सडक कपन क्षेत्रको मुख्य सडकका रुपमा रहेको छ। काठमाण्डौ महानगरपालिका संग जोडिएका   कपन क्षेत्रका चार मुख्य सडक महांकाल -मिलनचोक,चावहिल सात तले ,महांकाल तेन्जिङ चोक ,रामहिटी-फैकालाई प्रत्यक्ष अशर पारिरहेको कपन डुवानले हजारौ स्थानीयहरुलाई बहुआयामिक प्रभाव पारिरहेको छ।

नेपालका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी सत्तामा प्रभावशाली भूमिका खेल्ने दुई नेता संगै कपन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिका नेपालका पुर्व रास्ट्रपति र प्रधानमन्त्रीको गाउँ पनि हो।

यो निर्वाचन क्षेत्र कुन प्रभावशाली नेताहरुको हो भन्ने कुरा केहि दिन देखि काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुको सामाजिक संजाल हेर्दा प्रस्ट बुझिन्छ।

पार्टी सत्ताको केन्द्रमा प्रभाव जमाउने दुई नेताका आसेपासे र चेला चपेटा सहित स्थानीय नेताहरुले समेत यहि कपन  डुवानको विषयलाई लिएर खेलेको राजनीतिक दोहोरी हेर्दा तप्रस्ट हुन्छ तिन नेता हुन् नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई।

सडकमा खोला बगे सानै जिर्ण बनेको सडकको कारण निकै मारमा परेका  क्षेत्रमा बनेको शिक्षा र यातायात रहेको छ। अहिले कतिपय स्थानमा स्कुल बस पुग्न नसकेर अभिभावकहरुले विद्यालय परिवर्तन गर्ने गरेको विद्यालय संचालकहरुले दुखेसो पोख्दै आएका छन। त्यस्तै यातायात व्यवसायीहरु पनि बाढीले बिगारेको सडकका कारण निकै शास्ती पाएको भन्दै पटक पटक खबरदारी गर्दै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।