श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शुरु
कपन अनलाइन
काठमाडौँ, जेठ, ३१ । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टाउन प्लानिङको फुटबल मैदानमा भएको उक्त प्रतियोगितामा २८ वटा टिमले सहभागीता जनाएका छन। प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रेफ्री प्रदिप लामालाइ बल हस्तान्तरण गरि सुभारम्भ गरेका हुन।
श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा ओम तामाङ सुख दु:ख गुठीका अध्यक्ष सुरज रुम्बा, सामुदायिक सेवा केन्द्र समितिका अध्यक्ष वीर बहादुर लामा बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा, टुसाल युवा क्लबका संरक्षक चन्द्र दिप लामा,श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीय, खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम संचालन समाजसेवी अनमोल श्रेष्ठले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छ्योमे बाली औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा श्री टुसाल युवा क्लबका सचिव सन्तोष लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रममा टुसाल युवा क्लबका सल्लाहकार सुरज लामा लो लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजकलाइ धन्यवाद दिदै क्षेत्र विकासले भेट्रान क्लबलाई मात्र नभई युवा क्लबहरुलाई समेत सहयोग गर्दै आइरहेको बताएका थिए । उनले खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा सहयोग पुगोस र खेलको माध्यम बाट विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको प्रवर्द्धनमा समेत टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको बताए।
उनले खेलाडीलाइ अनुसाशित भइ खेल कौशल देखाउन समेत अनुरोध गरेका थिए ।श्री बौद्ध नाथ क्षेत्र विकास समितिले क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको र युवा तथा महिलाहरुको शिप बिकासका साथै विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताएका थिए ।
उनले शिक्षा स्वास्थ्य लगायतको क्षेत्रलाइ पनि क्षेत्र विकास समितिले प्राथमिकतामा राखेको जानकारी गराएका थिए । त्यसै गरि बौद्धनाथ क्षेत्र विकास समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र रहेका ज्येष्ठ दीर्घ रोगी तथा अशक्त बिरामीहरुको तथ्याकं संकलनको लागि स्वास्थ्यकर्मी बिज्ञ सहित बिद्यार्थीको समूहले सर्वेक्षण कार्य अघि बढाएको उनले जानकारी गराएका थिए ।
आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ दीर्घ रोगी तथा अशक्त भएका बिरामीहरुको तथ्याकं निकाली उनीहरुको उपचारमा सहजता होस् भनेर आवश्यक औषधी घर घरमा नै पुगी वितरण गर्ने योजना अनुसार सर्वेक्षण गर्न लागिएको प्रष्ट पार्दै सर्वेक्षणको लागि आउनेहरुलाई सहयोग गरिदिन समेत उनले अनुरोध गरेका थिए । उनले युवाहरुलाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्न पनि यस्ता कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गर्दै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै श्री टुसाल युवा क्लब का अध्यक्ष विजय लामाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । असार २ गते सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दितीय हुने टिमले नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यसैगरि प्रतियोगितामा म्यान अफ दि म्याच , उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाइ समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।