बुढानिलकण्ठ नगरपालिकालाई सत्ता गठबन्धनको सात दिने अल्टिमेटम !

बुढानिलकण्ठ नगरपालिकालाई सत्ता गठबन्धनको सात दिने अल्टिमेटम !

कपन अनलाइन

काठमाण्डौ ,जेठ २९।

सत्ता गठबन्धनमा रहेका तिन दलले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई भेटेर सात दिने अल्टिमेटम दिएका छन। सत्ता गठबन्धनका नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका  नेताहरुले प्रमुख अधिकारीलाई भेटेर वडा नं १० मा रहेको बाल उद्दार मावीमा भएको विद्यार्थी कुटपिट प्रकरणका वारेमा विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन।

जेठ २२ गते सो विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिश लामिछाने माथि भएको कुटपिटमा संलग्नहरुलाई कारवाही र पिडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै दलहरुले विद्यालयका सम्पूर्ण समस्याहरु ७ दिन भित्र समाधान गर्नुपर्ने बताएका छन।

विद्यालय र पिडित विद्यार्थी तथा अभिभावक लगभग सहमतिमा पुगेको भोलिपल्ट नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन पुगेका सत्ता गठबन्धनका नेताहरुले बुझाएको ज्ञापन पत्रमा मुख्य पिडित विद्यार्थी संगै विभिन्न  राजनीतिक विषयहरु पनि उठाएका छन।

विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक सुधार गर्दै अन्तरास्ट्रिय विद्यार्थीहरुले समेत अध्ययन गर्ने नमुना थलो बनाएर साउन २६ गते तिन वर्षीय कार्यकाल पुरा गर्न लागेका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धुर्व प्रसाद घिमिरेको राजिनामा माग्दै राजनीतिक रंग दिइएको गठबन्धनको ज्ञापन पत्रमा प्रधानाध्यापकको  पनि राजिनामा माग गरिएको छ।

हाल ४२ जना नेपाली विद्यार्थीले चिनिया भाषा र  २ जना चिनिया विद्यार्थीले अध्ययन गरिरहेको बाल उद्दार मावीलाई दुई सभा हल ,चमेना गृह , विभिन्न विषयका प्रयोगशाला,लाइब्रेरी र पर्याप्त शैक्षिक पूर्वाधार सहित नमुना विद्यालयका बनाउने कामको नेतृत्व गरेका घिमिरेको कार्यकाल सम्पन्न हुन् केवल ६० दिन बाँकी रहँदा राजिनामाको माग गरिएको ज्ञापन पत्रमा माग पुरा नभए चरण वद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।

ज्ञापनपत्र :

 

तपाइँको प्रतिक्रिया ।