नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका ११ जनालाई “कारवाही”, को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,जेठ २६।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका ११ जनालाई जिल्ला कमिटी सदस्य पदबाट मुक्त गरेको छ। काठमाण्डौ जिल्ला कमिटीको आठौ पूर्ण बैठकबाट नियमित तिन वटा बैठकमा अनुपस्थित र मिसन ग्रास रुट अभियानमा निस्क्रिय रहेका ११ जना जिल्ला कमिटी सदस्यहरुलाई हटाइएको हो।
सो बैठकले जिल्ला कमिटी सदस्यहरु कान्छाराम तामाङ , कृष्ण कुमार खरेल , सुशिला सिलवाल , परमानन्द शाक्य ,हेम सुन्दास ,शिला चर्मकार ,ज्योति भारती र सावित्री उप्रेतीलाई पदमुक्त गरेको छ।
त्यस्तै कार्यव्यस्तताका कारण विदा मागेका जिल्ला कमिटी सदस्यहरु अन्जु शर्मा ,यमुना प्रसाद धिताल ,शेर गम्भीर थापा ,शंख नारायण श्रेष्ठ ,राजकुमार फुँयाल ,उद्दव सापकोटा ,निल हरि महर्जन र जयन्ति बज्राचार्यलाई पदमुक्त गरिएको जिल्ला कमिटीले जारी गरेको अन्तर कमिटी निर्देशनमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।