प्रथम विट्स एस इ इ  फुटसल कप हुदै

कपन अनलाइन

काठमाडौं, जेठ २४ । काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुलीमा संचालित विट्स एकेडेमी कलेजले प्रथम विट्स एस इ इ  फुटसल कप आयोजना गर्ने भएको छ । विभिन्न विद्यालयबाट एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका  साथ  यहि असार १ र २ गते  फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम  र दितीय हुनेले क्रमश नगद रु १५ हजार र १० हजार सहित  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने भर्नामा पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुनको लागि दर्ता शुल्क रु २ हजार कायम गरिएको र जेठ २८ गते सम्म दर्ता समय रहेको  उक्त प्रतियोगिताको  जेठ २८ गते खेलतालिका सार्वजनिक गर्नेकार्यक्रम रहेको पनि आयोजकले जानकारी गराएको छ । प्रतियोगिता ग्रीन फुटसलमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।