श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बालाइ क्याटरिङका सामाग्रीहरु प्रदान

कपन अनलाइन

काठमाडौँ, जेठ १८ । काठमाडौं महानगरपालिका वडा नं ६ तीनचुली स्थित नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाका धर्म गुरु तथा श्रद्दालुहरुको लागि क्याटरिङका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त गुम्बाका धर्मगुरु तथा श्रादालुहरुको लागि क्याटरिङका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । आज गुम्बामा एक कार्यक्रमका बीच श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले  परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेलाइ क्याटरिङका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

समितिले  सर्भिस चम्चा १२  पिस, डीस सेट ७ पिस,प्लेट ३५० वटा,चम्चा ३६० वटा, त्रिपाल १५ फिट (सायर)१ वटा,सर्भिस टेबल राउण्ड५ वटा कपडा सहित सर्भिस डिस६ फिटको २ वटा कपडा सहित,१०x१० टेन्ट ३ वटा,१०x२०  टेन्ट १ वटा,मेच २२५ वटा,मेच कपडा १०० वटा,सुप बाउल ३५० वटा चम्चा सहितका सामग्री हस्तान्तरण गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी गराएको छ ।

गुम्बा परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको परिकल्पना अनुरूप बौद्ध दर्शन, शिक्षा र धर्मको संरक्षण प्रवर्द्धन गर्नको लागि २०६७ सालमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा दर्ता भएको हो । गुम्बा विकास समिति अन्तर्गत रिमे सम्प्रदायमा दर्ता भएको उक्त गुम्बा एक मात्रा गुम्बा हो ।

नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाका परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ,  सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा ,जानुका श्रेष्ठ भण्डारी, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, ,बौद्ध जागरण केन्द्रका अध्यक्ष बसन्त वाइवा, बौद्ध जागरण केन्द्रका महासचिव आले लामा, लगायत नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाका कृष्ण बहादुर लामा, बिनोद योन्जन, फाउन्डेसनका उपाध्यक्ष पूर्णसिंह लामा लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा बौद्ध जागरण केन्द्रका अध्यक्ष बसन्त वाइवाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

क्याटरिङका सामाग्रीहरु हस्तान्तरण गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्धनाथ  क्षेत्र विकास समितिले बौद्ध महाचैत्यको संरक्षण,सम्बर्धन प्रवर्द्धन गर्नुको साथै धर्म, संस्कृति, परम्पराको  संरक्षण संगै विकास निर्माणको काममा पनि सहयोग गर्दै आइरहेको बताएका थिए ।

गुम्बाले आफ्नो स्थापना कालदेखि नै उद्देश्य अनुरूप धार्मिक कार्यक्रम लगायतका गतिविधिहरू संचालन गर्दै आइरहेको  र गुम्बाको आवश्यकता अनुसार क्षेत्र विकास समितिले क्याटरिङका सामाग्रीहरु प्रदान गरेको बताए   । उनले समाजमा नक्कली धर्मगुरु रिन्पोछेहरुको बिगबिगी हुँदा धर्मसंस्कृति माथी चुनौति बढीरहेको सन्दर्भमा धर्मसंस्कृतिको संरक्षणमा धर्म गुरुहरुले विशेष भूमिका खेल्नु पर्ने बताएका थिए । धर्म संस्कृतिले मानव जातिलाई सभ्य र चेतनशील हुन प्रेरणा  दिने हुँदा धर्मको बारेमा प्रशिक्षण कार्यक्रम समेत राख्नुपर्नेमा जोड दिएका थिए । उनले आगामी दिनमा पनि गुम्बाको आवश्यकता अनुसार सहयोग गर्दै जाने बताएका थिए ।

गुम्बाले २०७३ साल देखि विभिन्न जिल्लाका भिक्षुहरूलाई गुम्बा शिक्षालाई अघि बढाउन अध्यापन समेत गरिरहेको छ । अध्यक्षताको आसन बाट बोल्दै नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाका परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले श्री बौद्धनाथ क्षेत्र विकास समितिले बिगत देखि नै सहयोग गर्दै आएको बताएका थिए । उनले क्याटरिङका सामाग्रीहरु प्रदान गरेकोमा श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।