सागा दावा पर्वको अवसरमा जुस र शुद्द पानी वितरण गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति

कपन अनलाइन

काठमाडौं,जेठ १७ । सागादावा पर्वको अवसरमा बौद्ध नाथ महाचैत्य परिसरमा सफा शुद्द  पिउने पानी र जुस वितरण गरिएको छ । सागा दावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिलाइ बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गरिन्छ  त्यसैलाइ मध्यनजर गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध महाचैत्य प्रदक्षिणा गर्न आउने भक्तजनहरुलाई लक्षित गर्दै  जेठ ९ गते देखि  नियमित सफा पिउने पानी र जुस वितरण गरिरहेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन  ।

 विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ ।

 तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ । किन भने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सागा दावा  जेष्ठ महिनामा पर्ने जानकार बताउछन  ।

यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जन विश्वास रहेको छ । बौद्धमार्गीहरुले यो महिनामा स्तूपाहरूको प्रदक्षिणा सहित  बुद्धका अमृतमय वचनको स्मरण गर्दै पूजापाठ र ञ्युन्ये व्रत, बुद्ध वचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, अष्ठांग ढोक, पाठपूजा, नगद दान, भोजन दान, पानी वितरण  रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।

यस महिनामा एउटा नक्षत्रको उदय हुने भएकोले त्यस क्षेत्रको प्रभावले मानिसहरुले गरिने कुनै पनि कुशल कर्म वा अकुशल कर्म गुणात्मक रूपमा वृद्धि भएर जान्छ भन्ने बिश्वास रहेको छ  । यो महिनामा माछा मासु त्यागेर मठ–मन्दिरमा गइ पूजा प्रदक्षिणा र विहार गोन्पाहरूमा गएर लामा भिक्षुहरूलाई भोजन दान गर्न सके सबै प्रतिकुल अवस्थाहरू हट्नका साथै सुख, शान्ति र समृद्धि लाभ गर्न सकिने विश्वास रहेको छ ।

तपाइँको प्रतिक्रिया ।