कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कलंकीमा ट्रकको ठक्करबाट  एक जनाको मृत्यु

कपन अनलाइन
काठमाण्डौ , जेठ १४ ।

कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा आइतबार दिउँसो स्कुटरमा सवार तनहुँ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएकी सन्तुमाया राउतको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।