गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०शुरु

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०शुरु

कपन अनलाइन

काठमाडौं जेठ ८ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०   शुरु भएको छ ।

श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते  देखि  १७ गते सम्म गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कथा वाचक श्री इश्वरकृष्ण महाराजको मुखारविन्दबाट बाट संगीतमय कथा वाचन हुने  उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सबको आइतबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसेले उद्घाटन गरेका हुन ।

उद्घाटन पुर्व सुन्दरीजल देखि गोकर्णेश्वर महादेव मन्दिर सम्म कलश यात्रा गरिएको थियो ।  कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा लगायत जनप्रतिनिधि र स्थानीय भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रममा गोकर्णेश्वर महादेव मन्दिरमा सुनको छाना हाल्न सहयोग गर्ने दाताहरुको नामावलीको  शिलालेख उद्घाटन गरिएको थियो  भने स्वर्णमय छाना बाट जलधारा समेत गरिएको  थियो ।

जेठ १७ गते  सम्म चल्ने उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब   कार्यक्रममा सहभागी भई श्री शिवमहापुराण  कथा अमृतपानका साथै स्वर्णमय जलाधार स्नान गरि जीवनलाइ सार्थक बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।