गोकर्णेश्वर- ५मा नि:शुल्क स्वास्थ्य जांच तथा औषधी वितरण सम्पन्न

गोकर्णेश्वर- ५मा  नि:शुल्क स्वास्थ्य जांच तथा औषधी वितरण सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ ७ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को  नि:शुल्क स्वास्थ्य जांच तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार वडा कार्यालय प्रांगणमा जोरपाटीमा  भएको उक्त स्वास्थ्य जांच तथा निशुल्क औषधी वितरण कार्यक्रममा करिब ५ सय जनाले स्वास्थ्य परिक्षण गराएको वडा नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष नारायण बहादुर सुवेदीले कपन अनलाइनलाइ जानकारी गराए।

उक्त कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल नगर प्रवक्ता समेत रहेका वडा नं ५ का  अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ५ का वडा सदस्यहरु  धर्म थिङ लामा, लक्ष्मी पुडासैनी , श्रीबहादुर  योगी  कमला नेपाली लगयात स्वास्थ्यकर्मी तथा स्थानीयको  उपस्थिति रहेको थियो ।

दुइ जना विशेषज्ञ डाक्टर सहितको स्वास्थ्यकर्मीहरुले स्थानीयको सुगर, प्रेसर, नाक, कान, घांटी ,छाला लगायत बिभिन्न रोगहरुको परिक्षण गरेका थिए । उक्त दिन निशुल्क ल्याब सेवा समेत प्रदान गरिएको  थियो । जनताको स्वास्थलाई मध्यनजर गर्दै वडा कार्यालयले यस खालको कार्यक्रम  गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बताएका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।