बुढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु, आज समापन हुदै
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७।
बुढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला सुरु भएको छ । नगरपालिका परिसरमा सञ्चालित मेलामा नगरप्रमुख मीठाराम अधिकारीले उद्घाटन गरेका थिए ।
नगरप्रमुख अधिकारीले युवालाई देशमै केही गरौँ भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “युवा विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि गएका युवाहरु फर्किएर नेपालमै काम नगरेको अवस्था छ । युवालाई स्वदेशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।”
नगरपालिका उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार बनाउन गर्न र युवाशक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिएकी छन ।
उनले ज्ञान, सीप, क्षमता भएका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन् । उपप्रमुख लामाले नगरको आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा शिक्षालाई प्रथामिकता दिँदै स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाइन् ।
सो उदघाटन समारोहमा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंह, नेपाल औधोगिग क्षेत्र उद्योग महासंघ अध्यक्ष रामहिरा पाठक, नेपाल तालिम तथा रपजगार व्यवसाय महासंघ प्रतिनिधि, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष सुलोचना श्रेष्ठ, बागमति प्रदेश हस्तकला संघका अध्यक्ष नविन शाक्य, वरिष्ट पत्रकार एवं लेखक श्रीश भण्डारी, सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उनले जेठ ६ र ७ गते दुई दिन सञ्चालन हुने मेला उदघाटन समारोहको अध्यक्षता नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनीले गरेकी थिइन् भने संचालन नगर प्रवक्ता नवराज भट्टराईले गरेका थिए ।