क्षमता अभिवृद्धि तालिमले गोकर्णेश्वरमा तनाव : नेकपा माओवादी केन्द्रको ज्ञापन पत्र

क्षमता अभिवृद्धि तालिमले गोकर्णेश्वरमा तनाव : नेकपा माओवादी केन्द्रको  ज्ञापन पत्र

कपन अनलाइन

काठमाडौं जेठ ५ ।

गोकर्णेश्वर नगरपालिकालाइ  नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर समितिले ज्ञापन पत्र बुझाएको छ। बिहिबार  नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर समितिकाका अध्यक्ष मान बहादुर तामाङले नगर प्रमुख दिपक रिसाललाइ  कार्यकक्षमा ज्ञापन पत्र बुझाएका  हुन्  ।

जज्ञापन पत्रमा  बिगत ६ वर्ष देखि हाल सम्म स्थानीय सरकार संचालन गर्दै आएका बिभिन्न पार्टीका जनप्रतिनिधिहरुले गोकर्णेश्वरनगरपालिकाका नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष, वडा सदस्यको जिम्मेवारीमा रही गरेका हरेक कार्य सम्पादन संघिय लोकतान्त्रिक गणतन्त्र समाबेसी समानुपातिक सिद्धान्तको मर्म र भावना बिपरित स्थानीय सरकार संचालन ऐनको बिपरित हरेक बर्षको  नीति कार्यक्रम परम्परागत शैलीमा कार्यान्वयन  गर्दै आएको उल्लेख गरिएको छ ।

सो अवस्थामा नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर समितिको तर्फ बाट पटक पटक नगर भित्रको कार्यपालिका  व्यवस्थापिका र न्यायपालिकालाइ  तत्कालिन अल्पकालिन र दीर्घकालीन योजनाको डि.पि. आर बिना हचुवाको भरमा बजेट बिनियोजन नगर्न र लक्षितवर्गको कार्यक्रम लाइ समय सापेक्ष तथा बहुआयामिक बनाउन सामुदायिक बिद्यालयको स्तरउन्नति सामुदायिक अस्पतालहरुअलाई आधुनिकीकरण जनता प्रति जनउत्तरदायी बहन गर्न र जवाफदेहीता हुन् , भ्रस्टाचार अनियमितताको निर्मुल गर्न पार्टीले सुझाब पेश गर्दा वेवास्ता गर्दै एकलौटी ढंगले अघि बढेको सलाह सुझाबलाइ ग्रहण नगर्दा वडा देखि नगर भरि भ्रस्टाचार मौलाएको ठम्माइ भएको उल्लेख गरिएको छ ।

साथै आम जनगुनासो आए पछि चासो बढेको  त्यसको प्रमाण सामाजिक संजालमा  र  बिभिन्न  संचार माध्यम बाट छरपष्ट भएका भिडियो  बाट प्रष्ट हुन्छ भनिएको छ ।

नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि  कार्यक्रमको नाममा दुइ दिने कार्यक्रम धुलिखेल स्थित एक रिसोर्टमा गोकर्णेश्वर नगरबासी हरुले खुन पसिना बाट जम्मा गरेको कर लाइ नगरबासीकै शिर  झुक्ने गरि दुरुपयोग गरेका लज्जास्पद समाचार सामाजिक संजाल मार्फत बाहिर आएकोमा उक्त समाचार प्रति खेद प्रकट गर्दै बिगत देखि हाल सम्म गरेका सम्पूर्ण भ्रस्टाचार तथा अनियमितताको हरेक हिसाब किताब जनताले किन नखोज्ने?

नेकपा माओवादी केन्द्र लगायत राष्ट्रिय मान्यता प्राप्त दलहरुले समबन्धित बिषयका बिज्ञहरु, बुद्धिजीवीहरुको सहभागितामा २०८० बैशाख २९ र ३० गतेको लज्जास्पद कार्यक्रमको यथाशिघ्र छानबिन समिति गठन गरि सत्य तथ्य नगरबासी जनसमुदायलाइ सु- सुचित गराउन समेत माग गरिएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।