बुढानिलकण्ठबाट पूर्व मन्त्री टोपबहादुर रायमाझी पक्राउ

बुढानिलकण्ठबाट पूर्व मन्त्री टोपबहादुर रायमाझी पक्राउ

कपन अनलाइन
काठमाडौं, बैशाख ३१।

प्रहरीले पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । आइतबार साझ बुढानिलकण्ठ नगरपालिका वडा नं ४  पासिकोट बाट प्रहरीले पक्राउ गरेको हो ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।थप विवरण आउन बाँकी छ।

तपाइँको प्रतिक्रिया ।