छहारी युवा क्लब गोकर्णेश्वर -८ परिसरमा नव निर्मित प्रवेश द्वारा उद्घाटन

छहारी युवा क्लब  गोकर्णेश्वर -८  परिसरमा नव निर्मित प्रवेश द्वारा उद्घाटन

कपन अनलाइन

काठमाडौं  जेठ १ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ छहारी युवा क्लब परिसरमा नव निर्मित प्रवेश द्वार उद्घाटन गरिनुको साथै परिसरमा स्थापित बिभिन्न देवीदेवताको प्राण प्रतिष्ठा , क्षमा पुजा तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।  शनिबार   गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आर्थिक सहयोग तथा छहारी युवा क्लबको आयोजनामा भएको  उक्त कार्यक्रमको अध्यक्षता छहारी क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको  उक्त कार्यक्रममा वडा सदस्यहरु सोभिता मिजार,सुमन लामा,सीता तिमल्सिना,चन्दलाल श्रेष्ठ क्लबका संरक्षक दिपक सिङ भन्डारी,माधव खनाल,सल्लाहकार बिनोद चापागाईं, गोकर्णेश्वर  धार्मिक समिति अध्यक्ष डा. दिवाकर भन्डारी लगायत बिभिन्न  संघ संस्थाका प्रतिनिधिहरु,सहित स्थानीयको उपस्थिति रहेको थियो ।

क्लबका सचिवसंगम श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा  क्लबका संरक्षक दिपक सिङ भण्डारीले  क्लबको उदेश्य लाई स्पष्ट पार्दै सात वटा छहारी मार्फत नयाँ क्लबहरूको स्थापना गर्ने  उदेश्य रहेको बताउदै क्लबलाई यहाँ सम्म ल्याउन गोबिन्द चालिसे लगायत अन्य व्यक्तिहरुको ठूलो भुमिका रहेको बताए।आगामी दिनमा यसलाई अगाडी बढाउन नयाँ पुस्ताको पनि जिम्मेवारी भएको बताएका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नन्दलाल श्रेष्ठले  उक्त क्लबमा आफू १९ वर्षको उमेर देखि लागेको र क्लब प्रति ठूलो योगदान र माया रहेको बताउदै क्लबमा लाग्दा शिक्षा स्वास्थ्य समाजसेवा लगायत हजारौ कुराहरु जान्ने अवसर प्राप्त गर्न सकिने बताएका  थिए ।

कार्यक्रममा  आजीवन सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठ, दिपक सिङ भण्डारी र समाजसेवी सरिता रिसाल लगायतले अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग समेत गरेको क्लबका सचिब संगम श्रेष्ठले जानकारी गराए ।अध्यक्षताको आसन बाट बोल्दै क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले क्लबको आजिवन सदस्यता बापद उठेको रकम बाट सामाजिक सेवा पुरस्कार अक्षयकोष निर्माण गरिने बताएका थिए।जसबाट  नगरपालिका भित्र रहेका उत्कृष्ट र सकृय समाजसेवीलाई पुरस्कार प्रदान गरिने बताउदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।