लिखत सम्बन्धी कसूर गरेको अभियोगमा एक जना पक्राउ
कपन अनलाइन
काठमाडौं, बैशाख २५।
लिखत सम्बन्धी कसूर गरेको अभियोगमा गुल्मी ईश्मा गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ४० वर्षीय मदन बाबु भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त कसूरमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरेको हो । साथै उनी उपर ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीमा २०७० वैशाख २७ गते ठगी सम्बन्धि कसूरमा मुद्दा समेत चलेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।