उपस्थित : अरुणबहादुर खत्री नदी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
कवि राजकुमारले आफ्ना सृजना गरिएक रचनाहरु हरेक पत्रिकामा पठाएर प्रकाशित गर्दथ्यो । तर ऊ कुनै पनि साहित्यिक कार्यक्रम पुस्तक बिमोचनमा जाने गर्दैनथ्यो ।
एकदिन एउटा साहित्यिक कार्यक्रममा म निमन्त्रणा पाएर पुगेको थिएँ । उसलाई पनि मेरो आँखाले देख्न पुगेछ र मैले ‘आज पहिलो पटक तपाईलाई साहित्यिक कार्यक्रममा देख्न पाएँ नि, कतै आजको दिन सूर्य पश्चिम दिशाबाट उदाएर त होइन’ भने ।
मेरो कुरा सुनेर बसेको अर्को कविले मुख छोडी हाल्यो तपाईलाई त्यति कुरा पनि थाहा रै न छ । आजको यस साहित्यिक कार्यक्रममा सम्मान गरिने सम्मानित हुने वरिष्ठ साहित्यकारको राजकुमार छिट्टै ज्वाइँ बन्ने हुनुभएको छ । हुनेवाला ससुराको सम्मानमा आफू नपुग्दा उहाँलाई कस्तो महसुस होला । त्यसपछि हामी मरी–मरीकन हाँस्यौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।