बुढानिलकण्ठ नगरपालिका वडा नं १० साप्रेढुङ्गामा स्वेत विनायक रथ जात्रा शुरु, तिन दिन चल्ने

बुढानिलकण्ठ नगरपालिका वडा नं १० साप्रेढुङ्गामा स्वेत विनायक रथ जात्रा शुरु, तिन दिन चल्ने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा स्वेत भैरव जात्रा शुरु भएको छ। बैशाख २१ गते देखि तिन दिन सम्म चल्ने  उक्त जात्रा आजबाट शुरु भएको हो।

भैरव गुठी संरक्षण समितीको आयोजनामा संचालन भैरहेको सो जात्रा २०७४ सालमा आफुहरु जनप्रतिनिधिमा निर्वाचित भए संगै शुरु भएर निरन्तर रहेको जानकारी दिदै वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठले तिन दिन सम्म विभिन्न पुजा र सांस्कृतिक कार्यक्रमहरु हुने बताएका छन।

निकै पुरानो सभ्यताका रुपमा रहेको नेवारी संस्कार र संस्कृतिको जगेर्नालाई वडा नं १० ले प्राथमिकतामा राखेको बताउदै सदस्य श्रेष्ठले उक्त जात्रामा सहभागिताका लागि पनि अनुरोध गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० साप्रेढुङ्गामा भैरहेको सो जात्रामा स्थानीय सांस्कृतिक समुह तथा स्थानीयहरुको सक्रियता पुर्वक सहभागिता रहेको छ भने वडा नं १० ले पनि निरन्तर सहयोग गर्दै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।