गोकर्णेश्वर नगरपालिका वडा नं ३ का ज्येष्ठ नागरिकहरुलाई सम्मानित

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का  ज्येष्ठ नागरिकहरुलाई सम्मानित

कपन अनलाइन

 काठमाडौं,बैशाख १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । शनिबार वडाले एक कार्यक्रमका वडा नं ३ मा बसोबास गर्ने एकल महिला ,६८ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरु गरि करिब ५ सय जनालाई  नगद सहित सम्मान गरेको  वडा कार्यालयले जनाएको छ ।  वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा ले नगद  र  पौष्टिक आहार  प्रदान गरि सम्मान गरेकी हुन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा ले ज्येष्ठ नागरिक सम्मान गर्ने परम्परा सभ्य समाजको पहिचान भएको बताएकी छिन ।  समाजमा ज्येष्ठ नागरिकहरुको  सुझाव सल्लाहको खाँचो छ, जीवन जीउनका लागि उत्प्रेरणा दिन पनि  नगरपालिकाले ज्येष्ठ नागरिकलाइ सम्मान , धार्मिक भ्रमण लगायतको कार्यक्रम गर्दै आएको उनले  बताइन ।

 उनले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाइ मध्य नजर गर्दै समय समयमा स्वास्थ्य परिक्षण गर्नुको साथै अस्पतालहरुमा सहुलियत समेत प्रदान गर्दै आएको बताइन  । उनले भौतिक संरचनाको निर्माण गरेर मात्र विकास नहुँने भन्दै ज्येष्ठ नागरिकहरूलाई खुसी पार्नु समाजको विशेषता भएको बताएकी थिइन  ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने  उदेश्यका साथ  गोकर्णेश्वर नगरपालिका वडा नं ३  ले  बिभिन्न समयमा ज्येष्ठ नागरिक हरुलाई सम्मान गर्दै आएको बताउदै त्यसलाई निरन्तरता दिदै जाने बताए   । उनले उक्त दिन वडा सम्म आउन नसक्ने ज्येष्ठ नागरिकहरुलाई घर मै पुगेर समेत सम्मान गर्ने जानकारी गराएका थिए । कार्यक्रममा वडा सदस्यहरु सचिन लामा बुद्धि बहादुर श्रेष्ठ लक्ष्मी भण्डारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।