चक्र स्मृति पाठशालाको स्थापना दिवस एवं क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

 चक्र स्मृति पाठशालाको स्थापना दिवस एवं क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख १३। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा   स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा स्थापित  चक्र स्मृति पाठशालाको स्थापना दिवस एवं क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्रि एन पि  साउदको  प्रमुख आतिथ्यमा समपन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा पुर्व बाणिज्य मन्त्रि एबम नेपाली कांग्रेसका केन्द्रीय सस्य मीन विश्वकर्मा ,प्रतिनिधि सभा सदस्य एबम  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३का क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ, नेपाली कांग्रेस  बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य बिमल ठकुरी,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,विभिन्न राजनीतिक दलका प्रतिनिधि सहित शिक्षक अभिभावक र बिद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता चक्र स्मृति पाठशालाको संरक्षक दिपक सि भण्डारीले गरेका थिए भने कार्यक्रम संचालन बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सुनारले गरेका थिए ।

प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि एन पि  साउदले पानसमा दिप प्रज्वलन सहित  उद्घाटन गरेको कार्यक्रममा बिध्यालय व्यवस्थापन समितिका सदस्य रेखा अर्यालेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन ।कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि एन पि  साउदले स्व. चक्र बहादुर ठकुरीको योगदानकाइ कदर गर्दै उक्त बिध्यालयको आवश्यकतालाइ आफु बाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।कार्यक्रममा बिध्यालयको पठनपाठन कार्यतालिका समाबेश गरिएको २०८० सालको क्यालेन्डर समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  पुर्व बाणिज्य मन्त्रि एबम नेपाली कांग्रेसका केन्द्रीय सस्य मीन विश्वकर्माले समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीको  महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए। उनले स्व. चक्र बहादुर ठकुरी श्रदासुमन अर्पण गर्दै ठकुरीको सरल स्वभाब र सादा जीवनको अनुसरण सबैले गर्नु पर्ने बताएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  नेपाली कांग्रेस  बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले  बिद्यालयको बिकासका लागि प्रदेश अन्तर्गत बजेटबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका  थिए। उनले स्व. ठकुरीले गरेको मेहेनत तथा प्रयास स्वरुप आज क्षेत्रको  तीन वटै तहमा जित हासिल गर्न सफल भएको बताएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै स्व. चक्र बहादुर ठकुरीका पुत्र एबम बागमती प्रदेश सभा सदस्य बिमल ठकुरीले बिद्यालयको लागि आफ्नो तर्फ बाट गर्न सक्ने सहयोग गर्ने बताउदै स्व. चक्र बहादुर ठकुरीको शालिक निर्माण गर्न भएको ढिलाई प्रति गुनासो गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष नन्द लाल श्रेष्ठ,  नगर प्रमुख  दिपक कुमार रिसाल, प्रतिनिधि सभा सदस्य एबम  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३का क्षेत्रीय सभापति सन्तोष चालिसे लगायतले बिध्यालयको विकास एबम प्रगतिको कामना सहित स्व. चक्र बहादुर ठकुरीले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए। उनीहरुले आफ्नो तर्फ बाट गर्न सक्ने सहयोग समेत गर्ने जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।