नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १८१० नमुना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७६६ र एन्टिजेनबाट १०४४ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४९ को रिपोर्ट पोजिटिभ आएको हो ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।