गोकर्णेश्वरमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतनामुलक वृहत –याली सम्पन्न
कपन अनलाइन
काठमाडौं बैशाख १० । गोकर्णेश्वर नगरपालिकामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक वृहत –याली सम्पन्न भएको छ। शनिबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नारायणटार बाट शुरु भएको उक्त–याली जोरपाटीमा पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, नगर प्रवक्ताएबम वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी, सामुदायिक प्रहरी जोरपाटीका अध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, ट्राफिक प्रहरी, प्रहरी , विभिन्न महिला समूह, ग्रीन आर्मी नेपाल लगायत संघ संस्थाका प्रतिनिधि, बिभिन्न बिध्यालयका बिद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो ।सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता लगायतको बारेमा जानकारी दिने उदेश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ता हरुले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्नेमा जोड दिएका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उनीहरुको धारणा रहेको थियो । यस्ता कार्यक्रमले सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।गोकर्णेश्वर नगरपालिकाले सडक दुर्घटना न्युनिकरण गर्नको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।