गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
जोगाउनु पर्छ भन्दाभन्दै कयौं आफन्त मरेर गए
बाँचुन्जेल सधैँभरी दुःखकष्ट गर्नुसम्म गरेर गए
टाउको, पेट दुख्दा ठिक हुन्छ भनी गएनन् अस्पताल
अत्तिनै भएपछी बल्लतल्ल बाध्यतामा परेर गए
डाक्टरलाई दिने पैसा भयो तर भएन आफ्नो पेट भर्ने
कयौं चाडपर्व आयो गयो धेरैजसो भोकभोकै टरेर गए
धन थुपार्ने र साँच्ने काम भयो तर कसका लागी कुन्नी
अन्तमा अरुले गरे मोजमस्ती बेलुन झैं पेट भरेर गए
कर्म गरौँ कर्तब्य गरौँ नरोकौं परिवारको इच्छा चाहनालाई
त्यहि सम्पत्तीको लालचमा परिवारले बसाई सरेर गए
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।