बाल विकास समाजद्वारा बालबालिकालाई ह्वीलचियर वितरण

बाल विकास समाजद्वारा  बालबालिकालाई ह्वीलचियर वितरण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

नेपालस्थित अष्ट्रेलियन राजदूतFelicity Volk को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अपाङ्गता भएका (हिडडुल गर्न नसक्ने) बालबालिकालाई बाल विकास समाजद्वारा ह्वीलचियर वितरण गरिएको छ ।.Honorary Consulate General of Nepal, New South Wales ,AustraliaPj एवं बाल विकास समाजका आजीवन सदस्य दिपक बाहादुर खड्काको पहलमा Wheelchairs for Kids-Australia सँगको सहकार्यमा संस्थाले १६७ सेट ह्वीलचियर प्राप्त गरेको थियो ।

संस्थाको कपनमा सम्पन्न कार्यक्रममासिर्जनशील अपाङ्ग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका बालबालिकालाई ७ थान र कपनस्थित १ जना अपाङ्गता भएका बालकलाई ह्वीलचियर वितरण गरिएको छ ।
संस्थाले स्थापना कालदेखि नै बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, संरक्षण, सचेतनामूलक कार्यका लागि उदाहरणीय पहल गर्दै आइरहेको छ । विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई प्राथमिकतामा राखी संस्थाले कार्य गर्दै आइरहेको हो।
Consulate General of Nepal, NSW,Australiaका दीपक बाहादुर खड्काले यस किसिमको सहयोग जुटाउन आफूले भूमिका निभाउन सकेको र बालबालिकाको मुहारमा खुसी देख्न पाउँदा आफू हर्षित भएको कुरा व्यक्त गर्दै  आगामी दिनमासमेत आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए  ।

संस्थाका महासचिव काजीबाबु पाण्डेयले बालबालिकाले पाउनै पर्ने हकहित तथा संरक्षणको अधिकार पूरा गर्नका लागि आफूले र संस्थाले कर्तव्य निर्वाह गरेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि  Felicity Volk ले बालबालिकाको खुशी र समृद्धिका लागि सक्रिय रुपमा काम गरिरहेको तथा बालबालिकालाई प्रत्यक्ष रुपमा भेटेर ह्वीलचियर हस्तान्तरण गर्ने अवसर जुराइदिएकोमा बाल विकास समाज र ध्जभभअिजबष्चक ायच प्ष्मक(ब्गकतचबष्बि लाई धन्यवाद व्यक्त गर्आदै गामी दिनमा बालबालिकाको खुशीका लागि संस्थासँग हातेमालो गर्न प्रतिवद्ध भएको र यस्ता काममा आफू निकै खुशी र उत्साहित हुने कुरा उल्लेख गरेका थिए  ।
संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्षहरु शरद शर्मा र डा. छत्र अमात्य तथा अध्यक्ष सुवास गौतम, कर्मचारीहरु लगायत समाजसेवी, शुभचिन्तक, बालबालिका, अभिभावकहरुको उपस्थिती कार्यक्रममा रहेको थियो । अन्त्यमा अध्यक्ष सुवास गौतमले फरक क्षमता भएका बालबालिकालाई पहिलो प्राथमिकतामा राखी कार्य गरेको र बालबालिकाको मुहारमा खुशी ल्याउन संस्थाको अभियानमासहकार्य गर्नुहुने, हौसला र ऊर्जा प्रदान गर्नुहुने नेपालस्थित अष्ट्रेलियन राजदुतFelicity Volk लगायत सबैलाई धन्यवाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।