राष्ट्रिय भलिबल सुरु

राष्ट्रिय भलिबल सुरु

कपन अनलाइन
काठमाडौं, चैत २९ ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अब आउने नीति तथा कार्यक्रम र बजेटमा भलिबलका लागि सम्बोधन गर्ने बताएका छन  ।
स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले आफ्नो  दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण पनि गर्नुभयो । उहाँले तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन  ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आगामी एसियाली खेलकुदमा महिला भलिबल टोलीको सहभागिता निश्चित भएको र पुरुष भलिबल टोलीको पनि सहभागिता आवश्यक रहेकोमा बताए  । सदस्य–सचिव घिसिङले वर्तमान प्रधानमन्त्रीको दोश्रो कार्यकालमा भलिबल राष्ट्रिय घोषणा भएको स्मरण गर्दै प्रधानमन्त्री प्रति आभार व्यक्त गर्दै राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि प्रधानमन्त्रीज्यूबाट विशेष सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २५–२१, २५–२२, २६–२४ ले पराजित ग¥यो । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।