पोथीको हर्कत : राजेश अधिकारी (चुट्किला)

पोथीको हर्कत : राजेश अधिकारी (चुट्किला)

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

एउटी पोथी कुखुरी आफ्नो चुच्चोमा सय रुपैंयाको नोट च्यापेर बाटोमा मस्किदै हिड्छे । पोथीलाई देखेर खेतको आलीमाथि बसेर उसैलाई साइड हान्न बसेको एउटा भालेले उसलाई ‘चिटिक्क परेर कता हिड्यौ हौ सुन्दरी ?’ भनेर सोध्छ । ‘पैसा बोकेर हिंडेको देखेनौ ? म पसलमा अण्डा किन्न जान लागेकी नि’ उत्ताउलो पारामा छिर्बिरे पखेटा फ्याटफ्याट पार्दै बैंशालु खुखुरीले भालेलाई ओठे जवाफ फर्काउँछे । ‘हा हा हा ! जातले पाएपछि आफैं पार्नु नि अण्डा बरु यो कामको लागि म तिमीलाई पूर्ण सहयोग गरौंला’ कुखुरे बैंशले उन्मुक्त भएको भाले छिल्लिन थाल्छ। जवानीमै अण्डा पारेर यस्तो राम्रो फिगर किन बिगार्नु प¥यो र मैले ? आखिर पसलमा पन्ध्र रुपैयाँ गोटा अण्डा किन्न पाइहालिन्छ नि ! पोथीले आफ्नो चुच्चोमा च्यापेको पैसा हल्लाउँदै भालेलाई उत्तर दिन्छे । पोथीका कुरा सुनेर भाले हाँस्दा हाँस्दै आलीबाट लडेर खेतमा उत्तानो पर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।