लायन्स क्लब अफ काठमाण्डौं डाँफेले द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर पदको लागि लायन महेश आचार्यलाइ प्रस्ताब गर्यो

लायन्स क्लब अफ काठमाण्डौं डाँफेले द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर पदको लागि लायन महेश आचार्यलाइ प्रस्ताब गर्यो

कपन अनलाइन

काठमाडौं, चैत्र २० । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी को प्रथम महाधिवेशनमा  लायन्स क्लब अफ काठमाण्डौं डाँफे द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर पदको लागि लायन महेश आचार्यको उम्मेदवारी प्रस्ताब गरेको छ । क्लबको बैठक बाट लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी को २०८० साल बैशाख १६ गते हुन गइरहेको  प्रथम महाधिवेशनमा  लायन्स क्लब अफ काठमाण्डौं डाँफेको तर्फबाट लायन बर्ष २०२३।२४ को लागि रिक्त हुने द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर पदको लागि क्लबको संस्थापक अध्यक्ष एवं हालका क्याविनेट सेक्रेटरी लायन महेश आचार्यको उम्मेदवारी  प्रस्तुत  निर्णय गरिएको लायन बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए ।

लायन्स क्लब अफ काठमाण्डौं डाँफेको को स्थापना कालदेखी नियमित रुपमा कार्यसमिति सदस्यको रुपमा कार्यरत क्लबको संस्थापक अध्यक्ष तथा लायन बर्ष २०१८।१९ को एम्बेसडर अफ गभर्नर हुदै हालका क्याविनेट सेक्रेटरीको  अनुभव हासिल गरि परिपक्व लायनका रुपमा आफ्नो छवी बनाएका लायन महेश आचार्यलाइ उम्मेद्वारको रुपमा प्रस्तुत गर्ने निर्णय भएको समेत उनले जानकारी गराए ।आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको शैक्षिक, समाजिक र स्वास्थ्य लगायतका  सुधारका लागि धेरै कार्य गरिसकेका  लायन आचार्यलाइ नचिन्ने कम नै छन ।

फाइल फोटो

 

तपाइँको प्रतिक्रिया ।