संघिय संसदमा बुढानिलकण्ठका युवाहरु
कपन अनलाइन
काठमाडौं,चैत्र २० ।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद द्वारा आयोजित नमुना नगर युवा संसद अभ्यास कार्यक्रमका प्रशिक्षार्थिहरुलाई कार्यक्रमको दोस्रो दिन पारेर बानेश्वर स्थित संघिय संसद वैठकको प्रत्यक्ष अवलोकन गराईएको छ ।
बुढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषदले आयोजना गरेको नगर युवा संसद अभ्यास कार्यक्रमका सहभागी युवाहरुले संघीय संसदको अवलोकन गरेका हुन् ।
कार्यक्रमका सहभागी सँगै सो अवलोकनमा नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई र अन्य युवा परिषदका सदस्यहरु उक्त भ्रमणमा उपस्थित थिए ।
तपाइँको प्रतिक्रिया ।