सात करोड बढीको लागतमा बुढानिलकण्ठ तरकारी बजार निर्माण शुरु

सात करोड बढीको लागतमा बुढानिलकण्ठ तरकारी बजार निर्माण शुरु

कपन अनलाइन
काठमाडौं,चैत्र १९ ।

बुढानिलकण्ठ नगरपालिकामा  सात करोड भन्दा बढीको लागतमा तरकारी बजार निर्माण शुरु भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ रुद्रमती ( धोवीखोला ) किनारमा बन्न लागेको सो तरकारी बजारको  निर्माण शुरु गरिएको हो। २०७९ साल माघ ८ गते निर्माण शुरु भएर १८ महिना भित्र सम्पन्न हुने सो योजनाको सम्झौता रकम सात करोड २९ हजार ६ सय १२ रुपैया ३२ पैसा रहेको छ।

सो तरकारी बजार निर्माणको ठेक्का रेलिगेर न्यु टेक जे /भी बालाजुले पाएको छ।

तपाइँको प्रतिक्रिया ।