ट्राफिक प्रहरीको विशेष चेकिङ: १६ स्कुल बसका चालकलाई कारबाही

ट्राफिक प्रहरीको विशेष चेकिङ:  १६ स्कुल बसका चालकलाई कारबाही

कपन अनलाइन
काठमाडौं, चैत १६।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालकहरू आज कारबाहीमा परेका हुन् । जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन ।
स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ ।

योसँगै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ जना चालकहरूलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।