एडभान्स चामुण्डा इन्सिच्युट द्वारा आयोजित गणित बिषय प्रतियोगी परीक्षा सिजन -१५ को पुरस्कार वितरण भब्य रुपमा सम्पन्न

एडभान्स चामुण्डा इन्सिच्युट द्वारा आयोजित गणित बिषय प्रतियोगी परीक्षा सिजन -१५ को पुरस्कार वितरण भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र ९ ।राजधानीको पुर्बी भेगमा आफ्नो छुट्टै नाम र पहिचान सहित शैक्षिक गुणस्तरमा वृद्धि गर्दै अन्य शैक्षिक संस्था संगको    आत्मियतालाइ अझ प्रगाढ बनाउदै आएको एडभान्स चामुण्डा  इन्सिच्युटले  सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

मंगलबार जोरपाटी स्थित पिस ब्यन्केटमा एडभान्स चामुण्डा  इन्सिच्युटका अध्यक्ष दिपक रायमाझीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुवेदी, वडा नं ६का वडा अध्यक्ष नवराज लामा, गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, बिभिन्न कलेजका प्रधानाध्यापक , बिभिन्न   बिध्यालयका शिक्षक प्रतिनिधि , बिद्यार्थी  अभिभावकहरु र शुभचिन्तकहरूकोबाक्लो उपस्थिति रहेको  कार्यक्रम संचालन एडभान्स चामुण्डा  इन्सिच्युटका शिक्षक सुमन कुइकेलले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरे संगै कुमारी  आवासीय माध्यमिक बिध्यालय (केब्स) प्लस टु कलेजका बिद्यार्थीहरुले देशभक्ती झल्काउने गित तथा नृत्य मार्फत स्वागत गरेका  थिए ।कार्यक्रममा एडभान्स चामुण्डा  इन्सिच्युटका निराजन तिम्सिनाले स्वागत मन्तब्य राखेका थिए भने एडभान्स चामुण्डा  इन्सिच्युटका अध्यक्ष दिपक रायमाझीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । २०६३ साल देखि एडभान्स चामुण्डा इन्सिच्युटले आयोजना गर्दै आएको एस ई ई दिने बिद्यार्थीहरुको लागि गणित बिषयको  प्रतियोगी परीक्षालाइ निरन्तरता  दिदै आएको र गणित बिषयको प्रतियोगी परीक्षा सिजन -१५  सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

 राजधानी र राजधानी बाहिरका करिब ३०० भन्दा बढी बिद्यालयको सहभागीताले परिक्षाको स्तर वृद्दी र संचालनमा अझ हौसला प्रदान गरेको समेत उनले जानकारी गराए। बिध्यालय बीच आपसी भाइचारा  र सम्बन्ध विस्तारका साथै गणित बिषयमा सिकाइ उपलब्धी हासिल  गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित एडभान्स चामुण्डा  इन्सिच्युटले बिध्यालय र बिद्यार्थीबीच पुलको काम गरेको बताए ।

गणित विषयको सिकाइ उपलब्धि वृद्धि गर्नुको साथै गणित  बिषयमा बिद्यार्थीको रुची अभिवृद्धि गर्ने उदेश्य सहित  आयोजना गर्दै आएको यस्ता प्रतियोगिता आगामी दिनमा पनि संचालन गर्दै लाने उनले जानकारी गराए  उनले आउदै गरेको एस ई ई परिक्षाको सफलताको कामना  गरेका थिए । एडभान्स चामुण्डा  इन्सिच्युटले एब्रोड़ स्टडीको लागि परामर्श दिनुको साथै विद्यालय तहबाट प्लस टुमा फड्को मारेका विद्यार्थीलाई असहज नहोस् भनेर  ब्रिज कोर्स कक्षा समेत संचालन गर्दै आएको जानकारी गराएका थिए ।उनले निश्चित कोटामा भर्ना लिने ति प्लस टुले आवेदन दिएजति सबै विद्यार्थीलाई भर्ना  नगर्ने हुँदा  भर्नाका लागि तिनले लिने प्रवेश परीक्षा उतीर्ण हुनैपर्छ , त्यसका लागि ब्रिजकोर्सले सघाउ  पुर्याउने  उनले जानकारी गराए ।

कार्यक्रममा  विनायक सिद्द कलेज, सेन्ट लरेन्स कलेज, न्युटन कलेज,सेलिब्रेसनको एड कलेज,जया मल्टिपल कलेज,आकाशदिप कलेज,भेनस नेशनल कलेज, टेक्सास कलेजका बिद्यार्थीहरुले नृत्य र  मनास्लु वर्ल्ड कलेज ,चामुण्डा बैकल्पिक बिध्यालय,कुमारी कलेज र विनयक सिद्द कलेजका बिद्यार्थीहरुले गायन मार्फत मनोरंजन प्रदान गरेका थिए ।कार्यक्रममा एडभान्स चामुण्डा  इन्सिच्युटले  बिभिन्न बिधाका ५ जना स्रष्टाहरुलाई सम्मान समेत गरेको थियो ।

 शिक्षा सेवी जगन्नाथ देबकोटा, भवानी पौडेल, साहित्यकार बाजुराम पौडेल, युवा समाजसेवी विकास राइ, गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा,राजनीतिज्ञ शम्भु प्रसाद अधिकारी, र गायक आकास लामालाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले दोसल्ला ओडाइ सम्मान पत्र बाट सम्मान गरेका थिए  ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले युवा दक्ष जनशक्ति विदेशिएकोमा चिन्ता ब्यक्त गर्दै देशमा रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।   प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था नेपाली विद्यार्थीहरूले भोग्नुपरिरहेको र अब यसको विकल्प खोज्नुपर्ने बेला आएको  समेत बताउदै   विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरा गर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्गनिर्देशन दिएका थिए। उनले आउदै गरेको एस ई परिक्षा सफलताको कामना गर्दै देश निर्माणमा सबैजना एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा एस ईई दिने बिद्यार्थीहरुलाई लक्षित गर्दै एडभान्स चामुण्डा  इन्सिच्युटले   आयोजना गरिएको  गणित बिषयको प्रतियोगी परीक्षा सिजन -१५ का  उत्कृष्ट ११ जनालाई ट्रफी मेडल प्रमाण पत्र र  कलेजको पूर्ण छात्रवृत्ति प्रदान गरिनुको साथै सहभागी बिध्यालयका उत्कृष्ट ५ बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले प्रदान गरेका थिए।

एडभान्स चामुण्डा  इन्सिच्युटले   आयोजना गरिएको  गणित बिषयको प्रतियोगी परीक्षा सिजन -१५ मा हिम शृंखला बोर्डिंग स्कुलका प्रविन श्रेष्ठ प्रथम भए भने विश्व शिक्षा सदनका सुगम तामाङ दितीय र आकास गंगा इन्टरनेसनल  एकेडेमीका  धिरज ठोकर तृतीय भए। त्यसै गरि गणेश हिमाल सेकेण्डरी स्कुलका एकता शाह र दिवस गौतम त्यसैगरि मनकामना स्कुलका गिरिश पाण्डे,सगरमाथा एजुकेसनल एकेडमीका प्रतुश पोखरेल,प्राक्सिस इन्टरनेसनल एकेडेमीका प्रिन्स मिश्र, लिटिल मुन हाइयर सेकेण्डरी स्कुलका सुमित श्रेष्ठ र घटराज मेमोरियल स्कुलका रिहाना भट्टराईले चौथो स्थान हासिल गरेका थिए ।

त्यस्तै इष्ट पोल माविका अम्बिका श्रेष्ठ, विन्सम इंग्लिश बोर्डिंग स्कुलका पुजन सत्याल, बिभुति प्रज्ञा निकेतनका नभव पोखरेल,श्री बज्रयोगिनी सेकेण्डरी इंगलिस स्कुलका अलिक नकर्मी र चार्ल्स डार्विन स्कुलका सिद्धार्थ बम्जनले पाचौ स्थान हासिल गरेका थिए। त्यसै गरि पायोनियर पब्लिक स्कुलका अदित श्रेष्ठ ,साइप्रस पब्लिक स्कुलका मिंग्मा डिकी शेर्पा र जुगल नव गुरुकुलकी गरिमा थापाले छैठो स्थान हासिल गरेकी थिइन् उनीहरुले ट्रफी मेडल प्रमाण पत्रको साथै प्लस टुमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले यस्ता प्रतियोगितालाइ बिद्यार्थी भित्र रहेका क्षमता प्रष्फुटन गर्न र सिकाइ उपलब्धी हासिल गर्न मदत पुग्ने बताएका थिए ।आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तरताको कामना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।