सहयोगका लागि हार्दिक अपिल !
मेरो नाम बैकुण्ठ न्यौपाने हो। मेरो स्थायी ठेगाना मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका, पशुपतिनगर हो।मेरो छोरा जिरबराज न्यौपानेलाई व्लड क्यान्सर छ।यसको उपचार भइरहेको १९ महिना भयो। अस्पताल भर्ना भएर लगाउनु पर्ने सबै केमोथेरापी १ बर्ष लगाइसकेपछि मुखबाट खाने केमोथेरापी चलेको ५ महिना मात्र भएको थियो। व्लड टेस्ट सबै राम्रो नर्मल भएको थियो। अहिले यति छोटो समयमै व्लड क्यान्सर फेरि फर्केर आएको छ।
फर्केर आउँदा एकदम असर गरेर फर्किएको छ। बच्चाको कम्मरको र मेरूडण्डको जोर्नीहरूमा पानी जमेको छ। नेपालको काठमाडौंमा रहेको निजामती कर्मचारी अस्पतालमा हाई डोज केमोथेरापी चलिसकेको हुनाले अब चल्ने उपचार पद्धति भनेको कि त्यो भन्दा पनि कडा केमोथेरापी अथवा इमिउनोथेरापी र त्यसपछि बोन म्यारो ट्रान्सप्लान्ट मात्रै हुने त्यहाँका डाक्टरले बताउनुभयो। इमिउनोथेरापी हाम्रो नेपालको लागि नयाँ पद्धति हो जसको २-३ वटा अस्पतालमा १-२ चोटी भन्दा ट्रायल भएको छैन।
यसमा प्रयोग हुने औषधि नेपालमा पनि उपलब्ध छैन। बच्चाको गम्भीर हालत देखेर र उपचार पद्धति अनि डाक्टरले भनेको २० देखि ३० प्रतिशत मात्र सफलता प्राप्त हुन सक्ने सम्भावनाबारे बुझेपछि हामीले एकचोटि राजिव गान्धी क्यान्सर अस्पतालमा सुझाव लिने निर्णय गर्यौं, जहाँ नेपालमा व्लड क्यान्सर फर्किए पछि धेरै नेपाली बच्चाहरु लाई लगिने गरेको रहेछ।यहाँ डिल्ली आएको दिन बच्चालाई एकदम गाह्रो भयो र तुरुन्तै अस्पताल भर्ना गरियो। फर्काएर नेपाल ल्याउने अवस्थामा बच्चा रहेन, यहाँ सबै टेस्टहरू फेरि भयो।
ढाड बाट पानी पनि सुरक्षित गरि निकालियो। यहाँका डाक्टरले जिरबलाई राम्रो हुन्छ भन्नु भएको छ।१९ महिना देखि लगातार क्षमता भन्दा बढी खर्च भएको छ। यसकारण हामी यो पुरै उपचार गर्न सक्ने अवस्थामा छैनम। यसको लागि यहाँको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं। सहयोगका लागि : बैकुण्ठ न्यौपाने प्रभु बैंक १२९०१५४५५१७०००१५ मनाङ शाखा