तेस्रो स्व.गोपाल श्रेष्ठ स्मृति नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी  गणेश श्रेष्ठ र राजन उप्रेतीले जिते

तेस्रो स्व.गोपाल श्रेष्ठ स्मृति नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी  गणेश श्रेष्ठ र राजन उप्रेतीले जिते

कपन अनलाइन

काठमाडौँ, चैत्र ६ ।

स्वर्गीय गोपाल श्रेष्ठको स्मृतिमा आयोजित तेस्रो स्व. गोपाल श्रेष्ठ स्मृति नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी  गणेश श्रेष्ठ र राजन उप्रेतीको जोडीले जितेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)   आयोजना तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहयोगमा  आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा कपिल तिमिल्सिना र निरज लामाको जोडीलाई पराजित गर्दै गणेश श्रेष्ठ र राजन उप्रेतीको जोडीले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरि प्रतियोगितामा श्री कारंजित र पासाङ शेर्पाको जोडीलाई पराजित गर्दै राजन श्रेष्ठ र रामहरी श्रेष्ठको जोडी तृतीय हुन सफल भएको थियो ।

प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुने खेलाडीहरुले  क्रमश नगद पुरस्कार  रु   २५ हजार , १२ हजार र ८ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे  उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल,  बिशेष अतिथि उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा  भगवती युवा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

गोकर्णेश्वर युवा जागरण क्लब (GFG)  का अध्यक्ष विकेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी बाल कृष्ण श्रेष्ठ (लाक्स) स्व गोपाल श्रेष्ठका बुवा ,श्रीमती र छोरा सहित रेफ्री खेलाडी र खेल प्रेमी दर्शक हरुको उपस्थिती रहेको थियो पुरस्कार वितरण समारोह कार्यक्रम संचालन गोकर्णेश्वर युवा जागरण क्लब (GFG) का सल्लाहकार कृष्ण कुमार श्रेष्ठले गरेका  थिए  ।

नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष तथा गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो।उनकै सम्झनामा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने उदेश्यका साथ भगवती ब्याडमिन्टन कोर्टमा चैत्र २ गते  बाट शुरु भएको उक्त प्रतियोगितामा कुल १९ टिमको सहभागिता रहेको  थियो ।

तपाइँको प्रतिक्रिया ।