कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका मुरारी गौतम ‘सुवर्ण’ सर्वसम्मत, अरु को को बने ?
कपन अनलाइन
काठमाडौं चैत्र ३ ।
कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मुरारी गौतम ‘सुवर्ण’ सर्वसम्मत निर्वाचित भएका छन छ । कैलाशकुट बहुमुखी क्याम्पसमा एकल उम्मेदवारी परेको हुनाले स्ववियु निर्वाचन समितिले मुरारी गौतम ‘सुवर्ण’को प्यानललाई निर्वाचित घोषणा गरेको हो । कैलाशकुट क्याम्पसमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको जानकारी दिदै निर्वाचन अधिकृत डा. शोभा ढुंगानाले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एस्), अखिल क्रान्तिकारी (विप्लव)बाट संयुक्त रूपमा परेको उम्मेदवारीमा सर्वसम्मत रूपमा विजय घोषणा गरिएको बताएकी छन।
निर्वाचनमा प्रत्यक्ष तर्फ सभापति पदमा मुरारी गौतम `सुवर्ण´, सचिव पदमा किरण बराल, कोषाध्यक्ष पदमा आयुश अर्याल, सदस्यहरूमा मालिका निरौला, सञ्चन राई र लासाङ तामाङ निर्वाचन हुनुभएको छ भने, समानुपातिक तर्फबाट सदस्यहरूमा नरेश बहादुर बि.क, माया थिङ तामाङ, देव कृष्ण विक, दिलिप शाही, र सुमन तिमल्सिना निर्वाचित भएका छन ।