फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनको ‘प्रथम बिज्ञान जिनियस कम्पिटिसन’ तथा बिज्ञान शिक्षक कार्यशाला सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा संचालित फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसन द्वारा आयोजित ‘प्रथम बिज्ञान जिनियस कम्पिटिसन’ तथा बिज्ञान शिक्षक कार्यशाला सम्पन्न भएको छ। बिज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्नुको साथै बिज्ञान बिषयमा बिद्यार्थीको रुची अभिवृद्धि गर्ने उदेश्य सहित शनिबार विज्ञान शिक्षक समाज नेपाल( STAN) संगको सहकार्यमा विट्स एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा ५० वटा बिध्यालयका करिब ४५० भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनका प्रबन्द निर्देशक शैलेश श्रेष्ठले अध्यक्षतामा भएको उक्त कार्यक्रमको बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रममा बिशेष अतिथिको रुपमा पाठ्यक्रम विकास केन्द्रका अधिकृत युवराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज खड्का, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य नरेन्द्र थापा (भगवान) प्याब्सन काठमाडौं मेट्रोका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ निसानका अध्यक्ष सौर्यनाथ आचार्य , विज्ञान शिक्षक समाज नेपाल STANका केन्द्रीय सचिव मनोज आचार्य विज्ञान शिक्षक समाज नेपालSTAN कागेश्वरीका सागर दाहाल काठमाडौं महानगरपालिका वडा नं ६ को पुर्व वडा सदस्य लक्ष्मी श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं ७ का पुर्व वडा सदस्य राजु राना मगर लगायत आयोजक संस्थाका पदाधिकारी सहित शिक्षक प्रतिनिधि र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसन की श्रीदेवी श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन। कार्यक्रममा प्याब्सन काठमाडौं मेट्रोका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य नरेन्द्र थापा (भगवान) विज्ञान शिक्षक समाज नेपालSTAN कागेश्वरीका सागर दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिएफ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसन द्वारा आयोजित ‘प्रथम बिज्ञान जिनियस कम्पिटिसन’ तथा बिज्ञान शिक्षक तालिम सम्पन्न कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरीले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको शिक्षण सिकाइमा महत्वपूर्ण योगदान पुर्याउने बिश्वास ब्यक्त गरेका थिए ।
उनले आउदै गरेको एस ई ई परिक्षाको सफलताको कामना गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनका प्रबन्द निर्देशक शैलेश श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिदै बिध्यालय बीच आपसी भाइचारा र सम्बन्ध विस्तारका साथै बिज्ञान बिषयमा सिकाइ उपलब्धी हासिल गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनले बिध्यालय र बिद्यार्थीबीच पुलको काम गरेको बताए ।
फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनले एब्रोड़ स्टडीको लागि परामर्श दिनुको साथै विद्यालय तहबाट प्लस टुमा फड्को मारेका विद्यार्थीलाई असहज नहोस् भनेर ब्रिज कोर्स कक्षा समेत संचालन गर्दै आएको जानकारी गराएका थिए ।उनले निश्चित कोटामा भर्ना लिने ति प्लस टुले आवेदन दिएजति सबै विद्यार्थीलाई भर्ना नगर्ने हुँदा भर्नाका लागि तिनले लिने प्रवेश परीक्षा उतीर्ण हुनैपर्छ , त्यसका लागि ब्रिजकोर्सले सघाउ पुर्याउने उनले जानकारी गराए ।
आफ्नो रुची, क्षमता, आर्थिक अवस्था अनुसार कुन विषय पढ्ने ? कहाँ पढ्ने ? कसरी पढ्ने ? लगायतको विषयमा परामर्श र निर्णय लिन समेत ब्रिजकोर्सले सघाउँने उनले बताएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा बिद्यार्थीहरुले बिज्ञान बिषयको परिक्षा दिएका थिए भने शिक्षकहरुलाई माध्यमिक तहमा विज्ञान तथा प्रविधि (Science and Technology) विषयअध्यापनरत शिक्षकको क्षमता विकासअन्तर्गत नयाँ पाठ्यक्रम र ग्रिडअनुसारको “Item Writing” कार्यशाला गरीएको थियो । कार्यक्रममा काठमाडौं प्याब्सन, प्याब्सन गोकर्णेश्वर र फेकाको सहयोग रहेको थियो ।