टिपर आतंकको बिरुद्दमा साँखुबासी आन्दोलित, सवारी साधन बन्द

टिपर आतंकको बिरुद्दमा साँखुबासी आन्दोलित, सवारी साधन बन्द

कपन अनलाइन

काठमाडौं फाल्गुन २६ ।

टिपर आतंकको बिरुद्दमा साँखुबासी आन्दोलित बनेका छन।

शंखरापुर नगरपालिका वडा नंं ९ इन्द्रायणीमा भएको सडक दुर्घटनामा परी साँखुका पत्रकार पवन लाल श्रेष्ठ र इन्द्रायणी बस्ने २२ बर्षका बिशाल (हरी) खड्काको मृत्यु भए पछि आज स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन्।

शंखरापुर नगरपालिकाको साँखु क्षेत्रमा स्थानीयहरुले सडकमा टायर बाल्दै सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन। फागुन बेलुकी ६:४५ बजे तिर इन्द्रायणीमा उक्त दुर्घटनामा हुँदा पत्रकार पवनलाल श्रेष्ठ र इन्द्रायणीकै युवा विशाल (हरी) खड्काको मृत्यु भएको थियो।

लावण्य सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका श्रेष्ठ मिलनसार, सामाजिक अभियन्ता साँखु क्षेत्रको पत्रकारीताको विकासमा क्रियाशील व्यक्तित्व रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।