Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/03/334929181_916236356357735_7300441477754893076_n-1024x576.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

विट्स एकेडेमीमा ‘प्रथम बिज्ञान जिनियस कम्पिटिसन’ तथा शिक्षक तालिम हुने

कपन अनलाइन

काठमाडौं फाल्गुन २६ । काठमाडौं महानगरपालिका वडा नं ६ भुवलडांडामा संचालित विट्स एकेडेमीमा ‘प्रथम बिज्ञान जिनियस कम्पिटिसन’ तथा बिज्ञान शिक्षक तालिम हुने भएको छ । फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनले विज्ञान शिक्षक समाज नेपाल( STAN) संगको सहकार्यमा फाल्गुन २७ गते शनिबार विट्स एकेडमीमा  बिहान ७ बजे उक्त प्रतियोगिता गर्न लागिएको फ्लाइङ बर्ड एजुकेशनल फाउन्डेसनका प्रबन्द निर्देशक शैलेश श्रेष्ठले जानकारी गराए ।

बिज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्नुको साथै बिज्ञान बिषयमा बिद्यार्थीको रुची अभिवृद्धि गर्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा काठमाडौं प्याब्सन, प्याब्सन गोकर्णेश्वर र फेकाको सहयोग रहेको पनि उनले जानकारी गराएका छन  ।प्रतियोगीतामा  ५० वटा भन्दा बढी बिध्यालयका बिद्यार्थी र बिज्ञान शिक्षकहरुको सहभागिता रहने उक्त कार्यक्रम बिध्यालय बीच आपसी भाइचारा  र सम्बन्ध विस्तारका साथै बिज्ञान बिषयमा सिकाइ उपलब्धी हासिल गर्ने  आयोजकले बिश्वास लिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।