काठमाण्डौ महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चीनका राजदूत चेन सङ्को विच भेट

काठमाण्डौ महानगर प्रमुख बालेन्द्र शाह र  नेपालका लागि चीनका राजदूत चेन सङ्को विच भेट

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २५ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले  शिष्टाचार भेट भएको  छ ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताएका थिए  । ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’ प्रमुख शाहले भने , ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार बर्षभन्दा पनि पुरानो छ । काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले विर्सन हुँदैन ।’ उहाँले  मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिए  ।

भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए  । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’ राजदूत सङ्को भनाइ छ ।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

 

तपाइँको प्रतिक्रिया ।