पूर्वी क्षेत्रमा भूकम्पको धक्का

१३ असार । पूर्वाञ्चलमा आज बिहान छ बजेर ५० मिनेट जाँदा भूकम्पको सामान्य धक्का महसुस भएको छ ।
मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पूर्वी क्षेत्रमा कम्पन महसुस गरिए पनि क्षतिका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छ्रैन । आज बिहान भुटानको दक्षिणी क्षेत्र थिम्फुमा केन्द्रविन्दु भएको ५ दशमलव ६ रिक्टरको भूकम्प गएको थियो ।

तपाइँको प्रतिक्रिया ।