कागेश्वरी धाममा शुरु भयो श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सव
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २३ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित कागेश्वरी धाममा बिराट धार्मिक पर्यटन महोत्सव शुरु भएको छ । २१ गतेदेखी २९ गतेसम्म कागेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा सञ्चालन हुने श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सवमा उल्लेख्य जनसभागिता रहेको महोत्सव आयोजक समितिका संयोजक एबम वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेललेजानकारी गराएका छन ।
स्वामी कमल नयनआचार्यको प्रमुख आतिथ्यमा शुरु भएको उक्त श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सवमा बाग्मती प्रदेशका पूर्व भौतिक बिकास मन्त्री रामेश्वर फुयाल कागेश्वरी मनोहरा नगरपालिकाको उप प्रमुह शान्ता थापा वडा अध्यक्षहरु सहित स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रम संचालन कागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव पुस्कर प्याकुरेलले गरेका थिए । फाल्गुन २१ गते बाट धार्मिक पर्यटन प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कागेश्वरीप्रतिको आर्कषण बढाउने उद्देश्यले आयोजना गरिएको बिराट धार्मिक पर्यटन महोत्सवमा सहभागी हुन समेत वडा अध्यक्ष गजुरेलले अनुरोध गरेका छन । पंन्डीत बाशुदेब घीमीरेको मुखारबीन्द बाट कथा बाचन भईरहेको समेत उनले जानकारी गराए ।
बिशाल कलशयात्रा सहित शुरु भएको उक्त कार्यक्रममाहेलिकप्टर बाट पुष्पवृष्टि समेतगरिएको थियो । कागेश्वरी धाममा भइरहेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सवमा सहभागी हुन् र भक्तहरुलाई आशिर्वचन प्रदान महेश सन्यास आश्रम देबघाट तनहु पीठाधीस१००८ स्वामी रमाणनन्द गीरीजी महाराज फाल्गुन २७ गते शनिबार आउन लागेको समेत उनले जानकारी गराएका छन।