काठमाडौं उपत्यकाका तीन नगर प्रमुखहरु जापानमा आयोजित विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रममा सहभागी

काठमाडौं उपत्यकाका तीन नगर प्रमुखहरु जापानमा आयोजित विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रममा सहभागी

कपन अनलाइन 

काठमाडौँ, फाल्गुन २३  । उपत्यकाका तीन नगरपालिका प्रमुखहरु जापानमा आयोजित विपद् जोखिम न्युनिकरणसम्बन्धी कार्यक्रममा सहभागी भएका छन्। जापान इन्टरनेशनल को-अपरेसन एजेन्सी (जाइका) र डीआरआर गर्भमेन्ट प्लानिङसम्बन्धी तालिममा  उनीहरुले सहभागीता जनाएका हुन  ।

जापानको टोकियोस्थित जाइका टोकियो सेन्टरमा आयोजित तालिममा जापान सरकारको नगरपालिकादेखि प्रदेश सरकार, केन्द्रीय सरकारको प्रधानमन्त्री कार्यालय र अन्य विभिन्न मन्त्रालयहरू, एजेन्सीहरूको जिम्मेवारी, भूमिका साथै आपसी समन्वयका विविध पक्षमा छलफल भएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख   उपेन्द्र कार्कीले जानकारी गराएका छन ।  उक्त तालिममा प्राध्यापक सोतारू निसिकुवालगायतका व्यक्तिहरूको कार्यपत्र प्रस्तुति, स्थलगत अध्ययन र अवलोकन भ्रमण ज्ञानबर्धक र उपलब्धिपूर्ण भएको पनि प्रमुख  कार्कीले जानकारी दिएका छन  ।

उक्त तालिममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख सहित   सूर्यविनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापा, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि तथा नेपाल सरकारका विभिन्न मन्त्रालयका ५ जना वरिष्ठ कर्मचारीहरूको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी भएपश्चात भूकम्प, बाढी-पहिरो, समुद्री आँधी, ज्वालामुखी विष्फोटजस्ता बारम्बार दोहोरिने दुर्घटनाबाट बच्‍न जापान सरकारले अध्ययन-अनुसन्धान, नीति निर्माण, कार्यक्रम सञ्‍चालनमा गरेका प्रयासहरुको बारेमा जानकारी लिएको समेत नगर प्रमुख कार्कीले जानकारी गराएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।