गोकर्णेश्वर- ८ मा ग्यास प्रयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २२। स्थानीय निकाय संग ग्यास बिक्रेता, चेनतायुक्त उपभोक्ता तथा तालिम प्राप्त बिक्रेता भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा ग्यास प्रयोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।ग्यास बिक्रेता महासंघ नेपालको आयोजना तथा आरुबारी डांडागाउ टोल सुधार समिति र स्पोर्ट्स स्पेसल क्लब काठमाडौं महानगरपालिका वडा नं ६ आनन्दपुर सहआयोजक भएर गरिएको उक्त कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता तथा गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले ग्यास प्रयोगको सम्बन्धमा सबैलाइ सचेत बनाउन नसक्दा दुर्घटनाहरू बढेको भन्दै सबैलाइ सचेत बनाउनु जरूरी रहेको बताएका थिए ।सानो लापरबाहीको कारण ठुलो दुर्घटना निम्तिने हुँदा साबधानी अपनाउन समेत अनुरोध गरेका थिए । उनले ग्यास सिलिन्डरको जोखिम न्यूनीकरण गर्न उपभोक्ता त सचेत हुनु आवश्यक छ नै, तर उपभोक्तामात्र सचेत भएर नपुग्ने भन्दै त्यसका लागि ग्यास उत्पादन गर्ने उद्योग, वितरक र नियमन गर्ने निकाय पनि उत्तिकै जिम्मेवार रहनु आवश्यक रहेको बताएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र बहादुर थापाले ग्यास विक्रेता महासंघ ग्यास प्रयोगको सम्बन्धमा हुन सक्ने दुर्घटनालार्इ कमी गर्ने कार्यमा निरन्तर रूपमा सक्रिय रहँदै आएको बताउँदै यस कार्यमा सबैको सक्रिय संलग्नता आवश्यक रहेको बताए । सामान्य सचेतनाले पनि मानिसको ज्यान जानबाट जोगिने भन्दै सिलिन्डर ग्यास प्रयोगमा सचेतना अपनाउन आग्रह गरेको छ । प्रयोगपछि अनिवार्य रुपमा बन्द गर्न, ग्यासको सिलिन्डरबाट ग्यास लिक भए नभएको नियमित रुपमा निरीक्षण गर्न, रेगुलेटर अनिवार्य रुपमा सेन्सरसहितको प्रयोग गर्न र थ्रि लेयर भएको पाइपको प्रयोग गर्न आग्रह गरेका थिए ।