वडा अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले प्रतिवदत्ता पुरा गरे,पारिश्रमिक सामाजिक काममा
कपन अनलाइन
काठमाडौं, फागुन २१।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले चुनावी दौरानमा गरेको प्रतिवदत्ता पुरा गरेका छन । निर्वाचनको दौरानमा आफुले प्राप्त गर्ने पारिश्रमिक विभिन्न सामाजिक लगाउने बाचा गरेका श्रेष्ठले आफ्नो हाल सम्मको पारिश्रमिक विभिन्न सामाजिक गतिविधिमा खर्च गरेको जानकारी दिएका छन।
२०७९ सालको निर्वाचनमा वडा नं १३ को अध्यक्षमा निर्वाचित भए पश्चात प्राप्त गरेको रकम विभिन्न सामाजिक काममा खर्च गरेको विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि सो क्रम जारी रहने बताएका छन।
वडा अध्यक्ष श्रेष्ठले सार्वजिक गरेको विवरण :
१) बैशाख ३१ देखि माघ सम्म (१० महिना को २१००० हजार ले ) मैले पाउने जम्मा रकम २१०००० ( दुई लाख १० हजार )
# खर्च बिबरण ( अहिले सम्म २ लाख ७६ हजार )
( दश महिनामा दश ठाउँमा सहयोग )
१) वडा मा सेवाग्राहीको लागि waiting room को लागि टि.भी -: ३०००० ( तिस हजार )
२) वडा कार्यालयको ढोकामा स्वागतको निम्ती २ वटा शुभ कलश गाग्री : १३००० ( तेर हजार )
३) जात्रामा मन्दिरको लागि
झल्लरी सहयोग : १५००० ( पन्ध्र हजार )
४) गाउँको संस्कृति सम्पदा प्रचारको निम्ती सास्कृतिक साहितिक् कबि गोस्टी र कलाकार हरुको आर्ट लेखन ( डबल त्री रिसोर्ट ) —: ५८००० ( अन्ठाउन्न हजार )
५) तिज बिशेष कार्यक्रममा सहयोग : ४०००० ( चालिस हजार )
५) दसैं तिहारमा नव दुर्गा पूजा को ब्यवस्थापन: ३०००० ( तिस हजार )
६) बिहान को समय मा करुणा माइ गेटमा एकजना सफा गर्ने ब्यक्ती मासिक ३०००* १० = ३००००
७) चुनिदेबि फूटसल टिमलाई सहयोग : ३०००० (तिस हजार )
८) वडामा बिभिन्न बर्गलाई सहयोग : २०००० ( बिस हजार )
९) गम्चा फूटबल सिनियर टिमलाई सहयोग : १०००० ( दश हजार )
१०) एक अनाथ आश्रममा मासिक : ५०००
११) बिद्यालयमा एक जना विद्यार्थी लाई वार्षिक अभिबाबकत्व ग्रहण : २५००० (पच्चिस हजार )
तपाइँको प्रतिक्रिया ।