आश्रय समूह द्वारा आयोजित फाइभ ए साइड अन्तर पुनर्स्थापना केन्द्र फुटबल प्रतियोगिता सम्पन्न

आश्रय समूह द्वारा आयोजित फाइभ ए साइड अन्तर पुनर्स्थापना केन्द्र फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २० ।   गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा संचालित आश्रय समूह लागुऔषध उपचार तथा  पुनर्स्थापना केन्द्र द्वारा आयोजित फाइभ ए साइड अन्तर पुनर्स्थापना फुटबल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।   कुल १२ वटा पुनर्स्थापना केन्द्रले  सहभागिता जनाएको उक्त प्रतियोगिताको उपाधि समर्पण समाज नेपाल पुनर्स्थापन केन्द्रले जितेको छ ।

समर्पण समाज नेपालले होप फाउन्डेसन नेपाललाइ २-० गोल अन्तरले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हो ।    जित संगै  समर्पण समाज नेपालले नगद रु २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दितीय भएको होप फाउन्डेसनले नगद रु १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पर्यो प्रतियोगितामा आयोजक आश्रय समूह (बि) लाइ  पराजित गरेको  होप फाउन्डेसनले तृतीय स्थान हासिल गर्दैनगद रु दश हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हासिल गर्यो प्रतियोगितामा होप फाउन्डेसनले फेयर प्लेको उपाधि समेत हासिल गर्यो ।

आश्रय समूह पुनर्स्थापना केन्द्रको खेल मैदानमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रहरी प्रभाग बौद्धका  कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेत, होप च्यालेन्जका फाउण्डर गेसे  सोनाम वाङचेन, एफ डी आर का अध्यक्ष प्रशान्त शर्मा, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका  अध्यक्ष संजय लामा,  गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रवक्ता एबम वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का  पूर्व वडा अध्यक्ष रमेश अर्याल आश्रय समुहका निर्देशक छिरिंग शेर्पा समाजसेवी राजु सुनार  होप फाउन्डेसन नेपालका संस्थापक राजिब  थापा लगायत आयोजक संस्थाका पदाधिकारी सहित खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता  आश्रय समुहका अध्यक्ष शिब श्रेष्ठले गरेका थिए।

खेलकुदले युवाहरुलाई दुर्व्यसनी विरुद्ध लाग्न प्रेरित गर्ने हुँदा  लागुऔषध उपचार तथा  पुनर्स्थापना केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी  आयोजना गरिएको उक्त प्रतियोगिता जीवनलाई सुधार्न चाहिरहेका युवाहरुलाई खेलकुदका माध्यमबाट सुदृढ गर्दै अगाडि बढाउने  प्रयास अनुरुप प्रतियोगिता आयोजना गरिएको आश्रय समूह लागुऔषध उपचार तथा  पुनर्स्थापना केन्द्रका अध्यक्ष शिव श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।   दुर्व्यसनी विरुद्धको सन्देश प्रवाह गर्न पनि पहिलो पटक आश्रय समूहले अन्तर पुनर्स्थापना  केन्द्र ५ ए साइ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी गराए ।

प्रतियोगिताको समापन सत्रमा शुभकामना मन्तब्य राख्दै  काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले  पुनर्स्थापना केन्द्रले कुलतमा फसेका युवालाई सत्मार्ग देखाउने प्रयास गरिरहेका  बताएका थिए ।

उनले खेलकुदले शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न सहयोग पुर्याउने समेत बताए । लागुऔषधले एकातर्फ देशका युवा जनशक्तिलाई बर्बाद बनाएको छ भने, अर्को तर्फ यसको सामाजिक र आर्थिक असरसमेत ठूलो छ । यो समस्या समाधानका लागि सरकारले गुरुयोजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिदै संसदमा आवाज उठाउने बताएका थिए ।

कार्यक्रममा एफ डी आर का अध्यक्ष प्रशान्त शर्मा, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रवक्ता एबम वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगाना  समाजसेवी राजु सुनार लगायतले शुभकामना मन्तब्य  राखेका थिए ।प्रतियोगिताको बिजेता उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए

तपाइँको प्रतिक्रिया ।