बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा स्वास्थ्य शिविर हुने
कपन अनलाइन
काठमाडौं, फागुन १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा स्वास्थ्य शिविर हुने भएको छ।
वडा नं ४ को श्रीराम आधारभूत विद्यालयमा फागुन २० गते शनिवार हुने सो स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिने वडा अध्यक्ष श्रीराम केसीले जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।
फागुन २० गते बिहान १० बजे देखि ३ बजे सम्म हुने सो स्वास्थ्य शिविरमा सहभागिताका लागि अनुरोध गर्दै वडा नं ४ ले सुचना जारी गरेको छ।
तपाइँको प्रतिक्रिया ।