गोकर्णेश्वर नगरपालिकाको घर नक्सा अभिलेखीकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं फाल्गुन १८ । गोकर्णेश्वर नगरपालिकाले घर नक्सा अभिलेखीकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना जारि गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको उक्त सुचनामा नगरपालिकाको मिति २०७९/९/ २१ गते सम्पन्न दशौ नगर सभाले गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३, र ४ क्षेत्रमा मिति २०७२ साल भन्दा अगाडी नक्सा पास नगरी वा पास भएको नकासामा स्वीकृति बेगर हेरफेर गरि बनाएका घरहरुको घर नक्सा अभिलेखीकरण गर्ने भनि निर्णय भएको हुँदा यो सुचना प्रकाशित भएको मितिले ३ महिना भित्र नगरपालिकाको वडा नं १, २, ३ र ४ क्षेत्रमा मिति २०७२ साल भन्दा अगाडी नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरि बनाएका घरहरुको अभिलेखीकरण गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।