दर्शना स्कुल कागेश्वरी ९ ले गर्यो इन्डो- नेपाल भर्च्युल कल्चरल एक्सचेन्ज कार्यक्रम
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १६ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा रहेको दर्शना स्कुलले इन्डो- नेपाल भर्च्युल कल्चरल एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको उक्त कार्यक्रममा दर्शना स्कुलको कक्षा ९ मा अध्ययनरत बिद्यार्थी र भरातको राजकोट स्थित रोजरी स्कुलका बिद्यार्थीहरु सहभागी भएका थिए।
भर्च्युल माध्यमबाट गरिएको उक्त कार्यक्रमलाइ दुवै देशका शिक्षकहरुले सहजीकरण गरेका थिए। कार्यक्रम मार्फत दर्शना स्कुलका बिद्यार्थीहरुले नेपालको सांस्कृतिक विविधता, भाषा भौगोलिक बनावट, चाडबाड रितिरिवाज पेशा लगायतका बिषयको बारेमा जानकारी प्रदान गरेका थिए।
भरातको राजकोट स्थित रोजरी स्कुलका बिद्यार्थीहरुले पनि भारतको सांस्कृतिक विविधता, भाषा भौगोलिक बनावट, चाडबाड रितिरिवाज पेशा लगायतका बिषयको बारेमा जानकारी प्रदान गरेको दर्शना स्कुलले जनाएको छ ।
कार्यक्रम मार्फत दुवै देशका बिद्यार्थीहरुले एक अर्को देशको संस्कृतिक, धार्मिक र शैक्षिक गतिविधिको बारेमा बुझ्ने अवसर पाएको र उक्त कार्यक्रमले दुइ देशबिचको सम्बन्ध थप प्रगाढ बनेको बिध्यालयले जानकारी गराएको छ। विद्यार्थीहरुबीच भएको यस्तो कार्यक्रमले उनीहरुको बहुआयामिक व्यक्तित्व बिकास र अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तारमा सहयोग पुग्नेछ ।