नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
कपन अनलाइन
काठमाडौं, फागुन १२।
काठमाडौं, फागुन १२।
दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे ।
सोही अवसरमा लिग टु अन्तर्गतनै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो ।
फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गर्दै । नेपालले त्यहाँ युएइ र पपुवान्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिंगो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए । उनले खेल क्षेत्र शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभइ राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कुटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गर्दै सफलताका लागि हृदयदेखि धन्यवाद र बधाइ दिए । प्रधानमन्त्री दाहालले स्कटल्यान्ड र नामिबिया विरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुशी पारेकोमा टोलीप्रति आभार व्यक्त गर्दै बधाइ दिए । उनले सम्माननीय प्रधानमन्त्रीज्यूले क्रिकेट टोलीसंग भेट गरी खुशी बाड्नु भएको आभार प्रकट गरे ।
कप्तान रोहित पौडेलले सम्माननीय प्रधानमन्त्रीले भेटरै बधाइ दिएको र खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिए ।

तपाइँको प्रतिक्रिया ।