युवा रोजगार सिर्जना गर्ने अभियानमा बुढानीलकण्ठ नगरपालिका

युवा रोजगार सिर्जना गर्ने अभियानमा बुढानीलकण्ठ नगरपालिका

कपन अनलाइन

काठमाण्डौ ,फागुन ।

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुखसँग युवा रोजगार सिर्जना गर्ने बारेमा छलफल सम्पन्न भएको छ ।

टेक्नीकल स्कूल सुकेधारा र नगरपालिकाको साझेदारीमा युवा रोजगार सिर्जना गरी नगरपालिकाका स्थायी युवाहरुका लागि रोजगारमुलक तालिम चलाउने बारे नगरप्रमुखसँग विस्तृत छलफल भएको हो ।

छलफल कार्यक्रममा बूढानीलकण्ठ वडा नं. ९ मा रहेको टेक्नीकल स्कुलका कार्यकारी निर्देशक तथा आई एम इ ग्रुपका प्रतिनिधिको सहभागिता रहेको थियो । छलफलमा सि टि भि टी सँग आवद्ध रहेको टेक्नीकल स्कूलले एक वर्षे युवा रोजगार कार्यक्रम प्याकेजको बारेमा विस्तृत रुपमा बताएको थियो ।

सोही क्रममा टेक्नीकलले प्याकेजमा आवद्ध युवाहरुलाई ३ महिना तालिम दिने ३ महिना तालिम लिएकाहरुलाई स्वयमसेवा गराउने ३ महिना सामान्य तलब दिएर काम गराउने र बाकी ३ महिनाभित्र तालिम प्राप्त युवाहरुलाई तालिमअनुसारको रोजगारमा संलग्न गराउने स्किम रहेको बताएको थियो ।

नगरपालिकासँग समन्वय गरेर थुप्रै  संस्थाहरुले तालिम दिए तापनि तालिम लिइएकाहरुलाई रोजगारमा जोडने काम नगर्ने हुनाले विगतमा पनि यसता कार्यक्रमले उपलब्धी नदेखाएको बारेमा पनि छलफल भएको थियो ।

यस सन्दर्भमा छलफल हुँदा नगरप्रमुखको पनि चासो रहेको थियो की ३ महिना तालिम दिएर छोडयो भने त्यसको उपलब्धी केही नहुने हुनाले तालिम प्राप्त युवालाई रोजगारमा जोडेमा मात्रै उपलब्धी देखिने कुरा नगरप्रमुखले बताएका छन  । अहिले युवाहरु विदेशीने क्रम नरोकिएको युवा आफै केही गरौ भन्ने कुरा लागि नपरेको कुरामा नगरप्रमुखको चिन्ता थियो ।

नगरप्रमुखले छलफलका क्रममा टेक्नीकल स्कूलले ल्याएको योजना सकरात्मक रहेको र यो यजनालाई प्रक्रियागत रुपमा नगरपालिकासँग जोडेर काम गर्न थप छलफल गर्न सकिने र सोही कामका लागि एक पटक टेक्निकल स्कूलको पनि भिजिट गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

योजना सकरात्मक भएको हुनाले यस बुढानीलकण्ठ नगरपालिकाले यो योजनाबाट उपलब्धी हासिल गरेको अवस्थामा अन्य स्थानीय तहहरुका लागि पनि नमूना हुने कुरा नगरप्रमुखले राख्नु भएको थियो । कार्यक्रममालाई नगरपालिका र टेक्नीकल स्कूलबीचको सहकार्यमा कार्यान्वयन गर्नका लागि थप छलफल गरेर अगाडी बढ्ने निष्कर्षसहित छलफल समापन भएको थियो ।

तपाइँको प्रतिक्रिया ।