अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य बनाउन जुटे बुढानिलकण्ठका महिला जनप्रतिनिधिहरु
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
बुढानिलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी थालेका छन।
मार्च ८ तारिखका दिने हुने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य रुपमा मनाउनका लागि फागुन ८ गते नगरपालिकाका महिला जनप्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको नेतृत्वमा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको बैठकमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई प्रभावकारी,सहभागिता मुलक र बृहत बनाउने वारेमा गहन छलफल भएको छ।
बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख र एक वडा अध्यक्ष सहित महिला,खुल्ला तथा कार्यपालिकामा निर्वाचित ३३ जना महिला जनप्रतिनिधि रहेका छन। जसमध्ये खुल्ला तर्फ तिन जना र महिला तथा दलित महिला तर्फ २६ जना निर्वाचित भएका छन।
तपाइँको प्रतिक्रिया ।