नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता पुस्कर गौतम रिहा

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता पुस्कर गौतम रिहा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता पुस्कर गौतम रिहा भएका छन। लामो समय  जेल सजाय भोगेका माओवादी नेता गौतम प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका हुन।

ओखलढुंगा जिल्लाका उज्जन श्रेष्ठको हत्या आरोपमा जेल सजाय पाएका गौतम ओखलढुंगा जिल्लाको माओवादी आन्दोलनमा शुरुवाती चरण देखि नै सक्रिय रहेका थिए।

२०७१ साल बैशाख ३१ गते देखि केन्द्रीय कारागारमा बन्दी रहेका गौतम २०५५ सालमा पनि सोहि मुद्दामा पक्राउ परेर पछि धरौटीमा रिहा भएका थिए। फागुन ७ गते रिहा भएका गौतमलाई नेकपा माओवादी केन्द्र ओखलढुंगाका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए।

ओखलढुंगा जिल्लामा माओवादी आन्दोलनको विस्तार र विकासमा जनयुद्दको शुरुवाती चरण देखि नै सक्रिय रहेका गौतम लिखु गाउँपालिकाका वासिन्दा हुन्।

तपाइँको प्रतिक्रिया ।